Voice of Gulmi, प्रेम सुनार
गुल्मी , चैत्र १८ । हालै वङ्गलादेशमा सम्पन्न आईसीसी टि–ट्वान्टी विश्वकप
खेलाडी एवं नेपालका फास्ट वलरका रुपमा चर्चित गुल्मेली छोरा सोमपाल कामीलाई
आज गुल्मीको सदरमुकाम तम्घासमा सम्मान गरिदै छ ।दलित साझा मञ्च गुल्मी र क्रिकेट एशोसियशन आफ नेपाल, गुल्मीको आयोजनामा
सोमपालाई आज दिउँदो तम्घासको वाल मन्दिरमा सम्मान गर्ने कार्यक्रम रहेको
मञ्चका अध्यक्ष गणेश बिश्वकर्माले जानकारी दिनु भयो । एशोसियशनका जिल्ला
अध्यक्ष श्याम क्षेत्रीका अनुसार सोमपाललाई वाजा गाजा सहित वजार परिक्रममा
गराईने छ र घर घरबाट सर्व साधरणले पुष्पा गुच्छाले सोमपाललाई स्वागत गर्न
पाउनु हुनेछ ।सोमपाल गुल्मेली सानका रुपमा आफुहरुले लिएको अध्यक्ष क्षेत्रीले बताउनु भयो
। हिजो साँझ गुल्मी आई पुग्नु भएका सोमपाललाई हिजो वुटवालको क्रिकेट
एशोसियशनले सम्मान गरेको थियो । सोमवालको घर तुराङ्ग–८ , मजुवा पुलको मुखमा
पर्दछ । विश्वकपबाट फर्किए लगत्तै सोमपाल आफ्ना काका धनबहादुर र वहिनी
जमुनासंगै तम्घास आउनु भएको हो ।आज विभिन्न संघ संस्था र गुल्मेली सर्व साधरणले सम्मान गर्ने कार्यक्रममा
प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल लगायत सरकारी कार्यालयका प्रमुख
प्रतिनिधीहरु सहभागी हुने कार्यक्रम रहेको गणेश बिश्वकर्माले जानकारी दिनु
भयो ।
No comments:
Post a Comment