Tuesday, January 1, 2013

शीतलहरका कारण कपिलवस्तुको जनजीवन प्रभावित

Voice of Gulmi,कपिलवस्तु,
एक हप्तादेखि लगातार शीतलहरका कारण कपिलवस्तुको जनजीवन प्रभावित भएको छ ।
बाक्लो हुस्सुका कारण चिसो बढेपछि सरकारी तथा नीजि विद्यालयहरु एक हप्ताका लागि बन्द गरिएका छन् । चिसोका कारण बिभिन्न रोगका विरामीको संख्या पनि बढेको छ ।
जाडो छल्न सर्वसाधारण चोक र गल्लीहरुमा आगो तापेर दिन विताइरहेका छन् । नगरपालिकाले वर्षेनी चिसो मौसममा नगर क्षेत्रका चोक र गल्लीहरुमा आगो बालेर ताप्नका लागि काठ दाउरा वितरण गर्ने गरेको थियो । तर यसवर्ष दाउरा पनि वितरण नगरेको कपिलवस्तु नगरपालिका २ का कन्हैयाप्रसाद कान्दुले बताउनुभयो ।
‘पहिले नगरपालिकाले आगोको ब्यवस्था गर्थ्यो तर यसवर्ष यस्तो अपार ठण्डीमा पनि नगरपालिकाले केही ब्यवस्था गरेको छैन’ उहाँले भन्नुभयो । बाक्लो हुस्सुका कारण जिल्लाको विभिन्न ठाउँमा लगाइएका काउली, टमाटर, आलु लगायतका तरकारी बालीलाई पनि असर गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment