Voice of Gulmi
२६ पुस, खोटाङ । आगलागीमा परी खोटाङको
खार्मीमा दुई घर जलेर नष्ट भएका छन् । आगलागीबाट खार्मी-४ का ओमबहादुर
दाहालको तीन तले र मनबहादुर दाहालको एकतले घर जलेर नष्ट भएका हुन् ।
ओमबहादुरको गुवाली (गोठ)बाट सल्किएको
आगोले ती घर जलेको स्थानीय दुर्गाकुमारी दाहालले जानकारी दिनुभयो ।
आगलागीमा दाहाल परिवारको अन्न, सुनचाँदी, भाँडाकुँडा, लत्ताकपडा,
काठपातलगायतका सामान जल्दा ८ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको
प्रहरी नायब उपरीक्षक राजीव बस्नेतले बताउनुभयो ।
आगलागीमा ओमबहादुर र उहाँकी श्रीमती
दुर्गा दाहाल घाइते हुनुभएको छ । गम्भीर घाइते बन्नुभएकी दुर्गालाई जिल्ला
अस्पताल दिक्तेल लैजाने तयारी भइरहेको छ ।
आगलागीको कारण खुल्न सकेको छैन ।
आगलागीबाट घर तथा घरमा भएका सबैसामान जलेपछि ओमबहादुरको परिवार जलेको घरको
भुइँतलामा र मनबहादुरको परिवार चित्राले बारेको छाप्रोमा बसिरहेका छन् ।
No comments:
Post a Comment