Voice of Gulmi,
अझै तापक्रम घट्न सक्छ: मौसमविद
२३ पुस, काठमाडौं । काठमाडौंमा सोमबार सन्
२००८ पछि पहिलो पटक तापक्रम माइनसमा झरेको छ । जल तथा मौसम पूर्वानुमान
महाशाखाका अनुसार सोमबार बिहान काठमाडौंको तापक्रम माइनस शुन्य दशमलव ७
डिग्री सेल्सियस मापन गरिएको छ ।
वरिष्ठ मौसमविद राजेन्द्र श्रेष्ठका
अनुसार सन् २००८ यता हिउँदमा तापक्रम माइनसमा झरेको थिएन । ‘सन् २००८ पछि
तापक्रम माइनसमा पुगेको छ’ उहाँले भन्नुभयो–‘ यो अझै बढ्न सक्छ ।’ सन् २००८
मा काठमाडौंको तापक्र माइनस ० दशमलव २ मापन गरिएको थियो ।
वरिष्ठ मौसमविद श्रेष्ठका अनुसार अझै
तापक्रम घट्न सक्छ । डिसेम्बर यता पानी नपरेको र तराई बाहेकका क्षेत्रमा
मौसम सफा रहेकाले तापक्रम घढ्ने क्रममा चलिरहेको छ ।
काठमाडौंमा सबैभन्दा चिसो भने सन् १९७८ जनबरी ११ मा थियो । उक्त समयमा माइनस ३ दशमलव ५ डिग्रीमा झरेको थियो ।
No comments:
Post a Comment