Sunday, January 6, 2013

केरा प्रतिकोसा ३५ र सुन्तला प्रतिदाना ४० रुपैयाँ !

Voice of Gulmi,
२२ पुस, सोलुखुम्बु । पर्यटकीय सिजन सकिएसँगै सोलुखुम्बुको नाम्चेबजारमा लाग्ने साप्ताहिक हाटमा सामानको मूल्य अत्यधिक बढेको छ ।
नाम्चेबजारमा शनिबार लाग्ने साप्ताहिक हाटमा फलफूल तथा मासुको उपलब्धता कम भएको र मूल्य दोब्बरभन्दा बढी भएको स्थानीय शिक्षक खगिन्द्रराज बास्तोलाले जानकारी दिनुभयो ।
बास्तोलाका अनुसार हाटमा केरा प्रतिकोसा ४० रुपैयाँ (प्रतिदर्जन ४८०) र सुन्तला प्रतिदाना ४० रुपैयाँमा किनबेच भयो । त्यस्तै भैँसीको मासुप्रति धार्नी दुई हजार रुपैयाँका दरले बिक्री भएको छ । अघिल्लो हप्ता भैँसीको मासुको मूल्य प्रतिधार्नी बढीमा ८ सय रुपैयाँ थियो । त्यस्तै सुँगुरको मासु पनि प्रतिधार्नी चारसयले बढेर एक हजार २ सयमा किनबेच भएको छ ।
पर्यटकीय सिजन सकिएको र चिसो बढेकोले नाम्चेका अधिकांश व्यवसायी चिसो छल्न काठमाडौं गएका छन् भने उनीहरूका घर कुर्न बसेकाहरू तथा जाडो छल्न काठमाडौँ जाने क्षमता नभएकाहरू महँगीको मारमा परेका छन् ।
यस समयमा नाम्चेमा व्यापारीहरूले अन्य सामग्री पनि कम लैजाने र बाटोमा हिउँ जमेको कारण मूल्य झन्डै दोब्बर पुगेको हो । यतिबेला नाम्चे क्षेत्रमा प्रायजसो ज्यामी मजदुरी गर्नेहरू मात्र बाँकी छन् । ढुङ्गा फुटाउने, दाउरा सङ्कलन गर्नेजस्ता काम गरिरहेका ज्यामीहरू महँगीले दैनिक गुजारा गर्न समेत कठिन भएको बताउँछ

No comments:

Post a Comment