Tuesday, January 1, 2013

‘१६ दिन पछि माग सम्बोधन ’ अनिस्चतकालिन धर्नामा बसेका ५० बढी भुमिहिन बिरामी

Voice of Gulmi,

 ‘१५ दिन भयो  चिसोमा धर्ना बसेको बिरामी परेर ५ दिन त अस्पताल नै भर्ना हुनु प¥यो हजर’  बुटवल ८ की दिलमाया नेपालीले दुखेसो पोख्दै भनिन्  तपाईहरुलाई पनि थाहा छैन हामीले कुन अबस्थामा रात काटेका छौ भनेर ।’
उनले १५ दिन सम्मको पिडा सुनाउँदै भनिन् ‘  खान बस्नको लागि वास छैन बसेको बस्ती सरकारले हडप्न  खोज्छ   कुरा कसैले सुन्दैनन् गरिब दुःखी भनेर सबैले हेला गरेका छन् ।’ उनले आँखा भरी आँसु पार्दै सुनाईन् ‘गरिब दुखी भएर  बाँच्नु त धिक्कार नै रहेछ अहिले पनि लामो स्वास लिँदा शरीर नै दुख्छ धेरै बोल्न पनि हुँदैन ।’
पुसको २ गते देखि अनिस्चीतकालिन धर्नामा बसेका यी भुमिहीन किसानको माग आज पुस १७ गते भई सक्दा पनि कसैले सुनुवाई गरेको छैन ।  दिलमाया नेपाली मात्र हैन पुसको जाडोमा धर्ना बसेको १५ दिन भित्रमा ५० जना भन्दा बिरामी परी सकेको उनीहरु बताउँछन्  ।
बढी बिरामी परेर कतिलाई घर फकाईईयो कति अस्पताल नै भर्ना हुने अबस्था आयो भुमिअभिकार मञ्च रुपन्देहीका कोषध्यक्ष तुल बहादुर बिकले बताए ।  उनले भने ‘पुसको जाडो  घरमा सुतेका ब्यक्ती मरेका खवर आउँछन् हामीहरु लगातार यस्तो गणतान्त्रीक सभाहलको खुल्ला ठाउँमा रात काटेका छौ।’  अझैपनि मागको सुनुृवाई भएको छैन, उनले भने – अझै सुनुवाई नगर्ने हो भने बन्द देखि जस्तोसुकै आन्दोलन पनि गर्न तयार छौ ।
बिरामी परेका अधिकांशमा निमोनियाँको संकेत देखिएको छ । मानमटेरीया ६ रूपन्देहीका हिरालाल विश्वकर्माका अनुसार ज्वरो आउने, खोकी लाग्ने, हात खुट्टा सुनिने, रगत नै बन्द हुने जस्ता समस्याले भुईमा ढल्ने गरेका छन्  । उनले भने  विरामी हुनेको संख्या बढेको छ विरामीलाई घर पठाउने काम भएको छ  घरबाट अरुलाई मगाईएको छ ।
बिभिन्न ६ बुँदे माग राख्दै अधर्नामा बसेका भुमिहिन किसानहरुको खान र वस्नको टुंगो छैन । उनहीहरुले जहाँ धर्ना बसेका छन् त्यही पकाएर खाने र राति सभागृहमा गएर रात काट्ने गरेका छन्  ।  धेरै दिन भयो धर्नामा बसेको माग सम्बोधन भएको छैन जिल्ला भुमिअधिकार मञ्चका अध्यक्ष ओमप्रकाश वारीले भने सिडिओ साबले हाम्रो माग सुनेनन्  अबको जिल्ला प्रशासन कार्यालय घेराउ  गर्ने हो ।
जिल्ला मालपोत, जिल्ला वन तथा सुकुम्वासी समस्या समाधान आयोगको कार्यालय धर्ना दिँदै आएका भुमिहिनहरुले सोमवारदेखि जिल्ला प्रशासनमा धर्ना दिँदै आएका छन् । सोमवार सँझ मात्र प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले मागलाई सम्बन्धीत निकाय सम्म छलफल गरी निकास निकाल्ने भनेपनि आन्दोलन स्थगित गरेका छन्

No comments:

Post a Comment