Voice of Gulmi,
५ माघ, । ढिलो गरी हिउँदे वर्षा
शुरु भएपनि राम्रोसँग पानी पर्न भने सकेको छैन । बिहीबार सुदूरपश्चिम
क्षेत्रबाट शुरु भएको हिउँदे वर्षाको प्रभाव विस्तारै पूर्वतिर सर्दैछ ।
शुक्रबार मध्य र पश्चिम क्षेत्रका अधिकाँश ठाउँमा पानी परेको छ । ‘वर्षा
राजधानीसम्म आइपुगेको छ, शनिबारसम्म पूर्वी क्षेत्रमा समेत असर देखिन्छ’ जल
तथा मौसम विज्ञान विभागका बरिष्ठ मौसमविद राजेन्द्र श्रेष्ठले
अनलाइनखबरसित भन्नुभयो ।
उहाँका अनुसार यो हिउँदे वर्षाको संकेत हो
। ‘ढिलै भएपनि हिउँदे वर्षा त भयो, तर यसले राम्रो पानी पर्न सकेको छैन’
श्रेष्ठले भन्नुभयो । शनिबारदेखि नै मौसममा सुधार आउने उहाँले बताउनुभयो
।सामान्यतया पुसमा हिउँदे वर्षा हुनुपर्नेमा यसपटक माघको शुरुताका मात्रै
पश्चिमी वायुको असर देखियो । तर त्यो पनि कमजोर हुँदा राम्रो वर्षा हुन
नसकेको मौसमविद बताउँछन् ।
जाडो बढ्यो
बादल लाग्दा बिहानको तापक्रम बढेपनि
दिउँसोको भने घटेको छ । बादलसँगैको वर्षाले राजधानी सहित देशका धेरै ठाउँमा
अघिल्लो दिनको तुलनामा जाडो बढेको छ । अघिल्लो हप्ता माइनसमा झरेको
तापक्रम पछिल्ला चार दिनमा केही बढेको थियो । मौसममा देखिएको बदलीले फेरि
तापक्रम घटेको छ । तर माइनसमा फर्किने सम्भावना भने नरहेको मौसमविदहरुले
बताएका छन् ।
No comments:
Post a Comment