Voice of Gulmi,
२६ पुस, काठमाडौ । पूर्वप्रधानमन्त्री एवं
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले माओवादीलाई धेरै छुट दिएर
विगतमा गिरिजाप्रसाद कोइरालाले गल्ती गरेको बताउनुभएको छ ।
माओवादीलाई शान्तिप्रक्रियामार्फत्
यहाँसम्म ल्याउँदा गल्ती गरिएछ जस्तो लाग्दैन ? नेपाल निवासमा अनलाइनखबरले
राखेको प्रश्नमा नेता नेपालले भन्नुभयो- ‘शान्ति प्रक्रियामा ल्याउन खोजेर
गल्ती भयोजस्तो त लाग्दैन । तर, धेरै छुट दिने काम गिरिजाबाबुबाट भएको हो ।
मेरो योजनाअनुसार गिरिजाबाबु चल्दिएको भए यस्तो हुने थिएन ।’
‘एकसीट पनि नभएको माओवादीलाई गिरिजाबाबुले
प्रतिनिधिसभामा एमालेकै हाराहारी सीट दिनुभयो ।’-नेपालले भन्नुभयो,
‘एमालेको बहुमत आउँछ, यो उदाउँदो शक्ति हो र एमाले कांग्रेसको प्रतिद्वन्दी
हो, माओवादीलाई त चुड्कीका भरमा तह लगाउन सकिन्छ भन्ने गलत सोच राखेर
गिरिजाबाबुले त्यसो गर्नुभयो ।’
माओवादीलाई यसरी धेरै छुट नदिन आफूले
त्यसबेला कोइरालालाई सचेत गराएको नेपालको कथन छ । ‘मैले यो कुराको
त्यतिबेलै विरोध गरेको हूँ । म त रिसाएर पूरै कड्किएको हुँ । तर, मान्छेले त
शान्ति प्रक्रियाविरोधीलाई त रुचाउँदैनन् नि । एउटा सीटका निम्ति एमालेले
यसो गर्यो भन्ने दुनियाँलाई पर्ने देखेपछि म थचक्क बसें ।’
गिरफ्तार गर्ने प्रहरीलाई कालापानी पठाइयो
त्यसैगरी कोइरालाले माओवादीका हतियार र
सेनाको बन्दोदस्त नै नगरी एकैचोटि संविधानसभाको चुनावमा जान छुट दिएर
दोस्रो गल्ती गरेको नेपालको विश्लेषण छ, ‘तेस्रो गल्ती, माओवादीले खुलेआम
हतियार बोकेर हिँड्दा पनि गिरिजाबाबुले गिरफ्तार गर्नुभएन । गिरफ्तार गर्ने
प्रहरीलाई कालापानी पठाइयो । सिंहदरबारमा यस्तै घटना भयो । नवलपरासीमा
हतियार समात्ने प्रहरीलाई कारबाही गरियो । तर, म आउनेवित्तिकै मैले
गिरफ्तार गर्न थालें । आफ्नो स्वार्थका निम्ति गिरिजाबाबुले छुट दिनुभयो
This comment has been removed by the author.
ReplyDelete