Voice of Gulmi,
गृहमन्त्रालयले कहिले रकम निकासा गर्ने,
स्थानीय प्रशासनले त्यो रकम कहिले पाउने, रकम झिकेर कहिले कम्बल किन्ने र
त्यो कम्बल कहिले बाँड्ने अझै पत्तो छैन । तर कम्बलको भर नभएपछि तराईका
बासिन्दालाई घामले भने केही राहत दिएको छ । ‘हप्तौं भएको थियो घाम नलागेको,
आज भने घाम ताप्न पाइएको छ’ भैरहवामा रहेका रुपन्देहीका प्रजिअ हरिकृष्ण
पौडेलले भन्नुभयो ।
हुन त राजधानी र पहाडी क्षेत्रमा जस्तो
तराईमा अझै राम्रोसँग घाम लाग्न सकेको छैन । तर हप्ता दिनदेखि घाम नदेखेका
सर्वसाधारणले बुधबार घाम ताप्न पाए । सुनसरी, नेपालगंज, भैरहवा, नवलपरासी,
चितवन, बाँके, सुर्खेत लगायतका प्रायः सबै तराई क्षेत्रमा बुधबार घाम
लागेको छ । ‘अधिकाँश ठाउँमा बुधबार घाम लागेको छ, अब बिस्तारै मौसम खुल्दै
जान्छ’ मौसम पुवार्नुमान महाशाखाका बरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले भन्नुभयो ।
No comments:
Post a Comment