Voice of Gulmi,
२३ पुस, महोत्तरी । चिसोले कठ्यांग्रिएर महोत्तरी र मोरङमा गरी थप तीन
जनाको मृत्यु भएको छ । महोत्तरीको जलेश्वरसँगै रहेको बजराही गाउँमा
कठयाङ्गिएर स्थानीय ५५ वर्षीय रामअशेश्वर साह र ५० वर्षीया राजकुमारीदेवी
मण्डलको मृत्यु भएको छ । यस्तै मोरङको राजघाट-७ खोपिडाँडाका ४५ बर्षीय टेक
बहादुर कार्कीको पनि चिसोमा कठ्याङग्रीएर सोमवार विहान मृत्यु भएको
प्रहरीले जनाएको छ ।
गएराति सुत्न गएका तीनै जना बिहान आ-आफ्नै घरमा मृत फेला परेका हुन् । चार दिनदेखि अविरलरूपमा चिसो हावा र शीतलहरका कारण महोत्तरीसहति तराईको जनजीवन प्रभावित भएको छ । यस वर्षमात्रै महोत्तरीमा चिसोमा कठ्याङ्गिएर मृत्यु हुनेको सङ्ख्या २० जना पुगेको छ ।

No comments:
Post a Comment