Friday, January 4, 2013

कालिमाटीमा बस दुर्घट्ना, २ को निधन

Voice of Gulmi,काठमाडौ, पुस २० - कालिमाटीमा शुक्रबार बिहान भएको बस दुर्घट्नामा २ जनाको निधन भएको छ । कलंकीबाट कालिमाटी तर्फ आउँदै गरेको बा ३ ख ९८५ नम्बरको मिनी बस बिहान ६ बजे अनियन्त्रित भइ सडक डिभाइडरमा ठोक्किएर पल्टिएको हो ।

प्रहरीका अनुसार दुर्घट्नामा परी मिनिबसक
ा सहचालक ओखलढुंगाका विजय गुरुङ र यात्रु गोरखा घर भएका २० वर्षीय प्रकाश पन्तको निधन भएको हो । २ जना गम्भीर घाइते छन् । महानगरीय ट्राफिक महाशाखाले दिएको जानकारी अनुसार नैकापका ४० वर्षीय मनोज केसी र नेपाली सेनामा कार्यरत २८ वर्षीया बिनु पोखरेल घाइते छन् । केसीको वीर र पोखरेलको सैनिक अस्पतालमा उपचार भइरहेको छ ।

क्षमता भन्दा बढी यात्रु चढाएको बस तिव्र गतीमा भएका कारण दुर्घट्ना भएको ट्राफिकको ठम्याई छ । चालक फरार छन् ।

No comments:

Post a Comment