Friday, January 4, 2013

सिन्धुलीको कर्फ्यु १२ बजे पछि खुल्ने

Voice of Gulmi,

२० पुस, सिन्धुली । सिन्धुली सदरमुकाम सिन्धुलिमाढीमा बिहीबार अपराहृनबाट लगार्इएको कफ्र्यू आज १२ बजेपछि खुल्ने भएको छ ।
बिहान २ घन्टाका लागि हटार्इएको कर्फ्यु अवधि सामान्य भएकाले १२  बजे पछि  कफ्र्यू हटाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले जानकारी दिनुभयो ।
कारगारभित्र भएको झडपमा ज्यानमुद्दामा जेल सजाय भोगिरहेका तरुण दलका कार्यकर्ता निरज देवकोटाको मृत्यु भएपछि सदरमुकाम तनावग्रस्त बनेको थियो । कांग्रेस कार्यकर्ता र स्थानीयको प्रदर्शनका कारण तनाब बढेपछि स्थानीय प्रशासनले बिहीबार अपराहृनबाट कफ्र्यू जारी गरेको थियो ।

No comments:

Post a Comment