Wednesday, January 2, 2013

कांग्रेस कपिलवस्तुले डेढ बर्षपछि पुर्णता पायो

Voice of Gulmi,
नेपाली कांग्रेस कपिलवस्तु जिल्ला कार्यसमितिले पुर्णता पाएको छ । निर्वाचन भएको डेढ बर्ष पछि समितिले पुर्णता पाएको हो । जिल्ला उपाध्यक्ष सहित सचिव र सदस्य पद रिक्त रहेको थियो जिल्ला कार्य समिति वैठक वसि कार्य समितिलाई पुर्णता दिइएको जिल्ला सभापति सुरेन्द्र आचार्यले जानकारी दिए । कार्यसमितिको पुर्णतापछि जिल्ला उपाध्यक्षमा महिला नेतृ निर्मला पराजुलीलाई मनोनयन गरिएको छ । त्यस्तै जिल्ला सचिवमा विनोद नेपाल मनोनित भएका छन् । समितिले जिल्ला सदस्यमा जनजाति नेता राम शंकर चौधरीलाई जिल्ला कार्य समितिको वैठकवाट बहुमतले मनोनय गरिएको जिल्ला सभापति आर्चायले बताए । साथै जिल्ला सदस्य तेज बत्रहादुर थारुको निधन पछि रित्त रहेको जिल्ला सदस्य पदमा कोपवा गाविसककी मञ्जु थारुलाई समेत मनोनयन गरिएको छ । अव काग्रेस कपिलवस्तुमा कार्यसमिति पुर्ण भई ३७ सदस्य भएको छ ।

No comments:

Post a Comment