Sunday, January 6, 2013

आगोमा जलेर भक्तपुरमा तीन जनाको मृत्यु

Voice of Gulmi,
२२ पुस, भक्तपुर । भक्तपुर नगरपालिकाको वडा नम्बर १ सुर्यमणी तौलाछे आगोले जलेर तीन जनाको मृत्यु भएको छ । स्थानीय पुर्णभक्त प्रजापतिको घरमा गएराति आगलागि हुदाँ ३ जनाको जलेर मृत्यु भएको हो ।
आगोमा जलेर पुर्णभक्तकी श्रीमती ६४ वर्षीया लक्ष्मीकेशरी तथा छोरीहरु ३९ वर्षीया पार्वती र २६ वर्षीया सजना प्रजापतिको ज्यान गएको प्रहरीले जनाएको छ । पूर्णभक्त र कान्छी छोरी सृजना भने आगो लागेको थाहा पाएर बाहिर निस्कन सफल भएका थिए ।
आगोले जलेर शव चिन्न नसक्ने अवस्थामा फेला परेको जनाईएको छ । ४ तले कच्ची घरमा आगो लाग्नुको कारण र क्षतिको पुर्ण विवरण आईनसकेको प्रहरिले जनाएको छ ।
राति सवा १ बजेतिर लागेको आगो ५ ओटा दमकल, सुर्य विनायकमा रहेको नेपाली सेनाको ज्वालादल गणबाट खटीएको सैनिक टोली, प्रहरि र स्थानियबासिन्दाको सहयोगमा झण्डै २ घण्टा पछि नियन्त्रणमा लिईएको थियो ।

No comments:

Post a Comment