Tuesday, January 8, 2013

एमाओवादी नेता गजुरेललाई मातृशोक

Voice of Gulmi,
२४ पुस, काठमाडौँ । एकीकृत माओवादीका नेता हरिवोल गजुरेललाई मातृशोक परेको छ । गजुरेलकी आमा लालमायाको ९२ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो । दम तथा निमोनियाँबाट पीडित लालमाया जेठा छोरा नारायणको बानेश्वरस्थित घरमा बस्दै आउनुभएको थियो ।
सिन्धुली कमलामाई नगरपालिकाकी स्थायी बासिन्दा गजुरेलका ७ छोरा र १ छोरी हुनुहुन्छ । गजुरेलकी आमा लालमायाको मंगलबार विहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । गजुरेलप्रति अन्तिम श्रद्धाञ्जली दिन एकीकृत माओवादी अध्यक्ष प्रचण्ड, नेताहरू कृष्णबहादुर महरा, वर्षमान पुन, टोपबहादुर रायमाझी, अग्नि सापकोटा, देवेन्द्र पौडेल, जनादर्शन शर्मा, शक्ति बस्नेतलगायत ठूलो संख्यामा माओवादी कार्यकर्ता आर्यघाट पुगेका थिए ।
यसैबीच एकीकृत माओवादीले नेता गजुरेलकी आमाको निधन भएकामा गहिरो दुःख व्यक्त गरेको छ । प्रवक्ता अग्नि सापकोटाले एक शोक वक्तव्य जारी गरी पार्टीले एक कुशल अभिभावक गुमाएको  उल्लेख गर्नु भएको छ । सापकोटाले वक्तव्यमा मृतक लालमायाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

No comments:

Post a Comment