Sunday, January 13, 2013

आगलागीमा परी एक बृद्धाको मृत्यु

Voice of Gulmi,
२९ पुस, काठमाण्डौ । काठमाण्डौको पशुपति क्षेत्रको मृगस्थलीमा रहेको गोरखनाथ मन्दिरसँगै रहेको सत्तलमा आगलागी हुँदा एक जना वृद्धाको मृत्यु भएको छ ।
आइतवार विहान साढे ८ बजे भएको आगलागीमा परी नाम, वतन नखुलेकी अन्दाजी ८० वर्षीया वृद्धाको मृत्यु भएको गौशाला प्रहरीले जनाएको छ ।
आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागी के कारणले भएको हो भन्नेबारे खुल्न नसकेको र घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment