Tuesday, January 8, 2013

विमान नचलेपछि गृहमन्त्री गच्छदार गाडीमा

Voice of Gulmi,

२४ पुस, काठमाडौं । खराब मौसमका कारण विमान नचलेपछि बिराटनगरमा रहेका गृहमन्त्री विजयकुमार गच्छदार गाडीबाट काठमाडौं फर्कनुभएको छ ।जिल्ला प्रहरी कार्यालय मोरंगका अनुसार दुई दिन पहिले विशेष कामले विराटनगर पुग्नुभएका उपप्रधानमन्त्री गच्छदार विमान नचलेपछि सोमबार बिराटनगरबाट आफ्नै गाडीमा काठमाडौँ लाग्नुभएको हो ।
मंगलबार बिहान भने आकाश खुलेकाले विराटनगर विमानस्थलबाट बुद्ध र अग्नि एयरले उडान भरेका छन् । सोमवार दिउँसो तीन् बजे विराटनगरवाट हिडेका गच्छदार राती सर्लाहीमा बास बसेको स्रोतले जनाएको छ । दुहबी र विराटनगरमा आयोजित विभिन्न कार्यक्रममा भाग लिन दुई दिनअघि गृहमन्त्री गच्छदार विराटनगर जानु भएको थियो ।

No comments:

Post a Comment