Sunday, January 13, 2013

राष्ट्रिय वाणिज्य वैंक भक्तपुरबाट पाँच लाख चोरी

Voice of Gulmi,
२९ पुस, भक्तपुर । भक्तपुरको सानोठिमीमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा चोरी भएको छ । गएराती बैंकको मुख्य गेट भत्काएर पाँचलाख २३ हजार रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ ।
बैंकको झ्याल ढोकाको र्ममत कार्य जारी रहेकाले सोही समयमा चोरी भएको हो । घटनाको अनुसन्धानका लागि बैंकका सुरक्षा गार्डहरु कुलबहादुर केसी र ओमबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बैँकका अनुसार सय रुपैयाँका ३ हजार वटा नोट , ५० का ११ सय वटा , २० का ३५ सय वटा , १० का ५७ सय वटा र ५ का ७८ सय वटा नोट र २ हजार सिक्का चोरी भएको जनाएको छ ।

No comments:

Post a Comment