Voice of Gulmi,
२० पुस, काठमाडौं । महिला हिंसा रोक्न माग गर्दै अधिकारकर्मीहरु आन्दोलित भइरहँदा बारामा ६ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
बलिरामपुर-२ घोघडरीया टोलकी बालिकालाई
स्थानीय २४ वषिर्य वकिल पडित कुम्हालले बलात्कार गरेका हुन् । गाँउसंगै
जोडिएको कलैया नगरपालिका वडा नम्बर १४ मा भइरहेको अष्टयाम पुजा हेर्न गएका
बेला बालिकालाई कुम्हालले बलात्कार गरेको पीडितका आफन्तले बताएका छन् ।
घर पुर्याइदिने बहानामा कुम्हालले
बालिकालाई अष्ट्रयाम पूजा स्थल भन्दा एक सय ५० मिटरको दुरीमा रहेको
शीशौघारीमा लगेर बलात्कार गरेका हुन । बालिका यौनीबाट रगत बगेको देखेपछि
मात्र अभिभावकले घटनाबारे थाहा पाएका थिए । घटना लगत्तै स्थानीयवासीले
कुम्हाललाई नियन्त्रणमा पलएर निर्घात कुटपिट गरि प्रहरीमा बुझाएका छन ।
पीडित बालिकाको कलैया अस्पतालमा उपचार र
स्वास्थ्य परिक्षण गरिएको छ । कुम्हाललाई जिल्ला प्रहरी कार्यालयले
नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
पीडित बालिकाको स्वास्थ्य परिक्षण
प्रतिवेदन आएपछि मात्रै बलत्कार भए नभएको पुष्टी हुने प्रहरी निरिक्षक
रामनाथ घिमिरेले बताउनु भयो ।
No comments:
Post a Comment