Wednesday, January 2, 2013

कपिलवस्तु बन्दले जनजीवन प्रभाबि

Voice of Gulmi,किसानहरुलाई प्रहरी प्रशासनले अनावश्यक दुःख दिएको भन्दै आन्दोलित मधेसी जनअधिकार फोरम नेपाल कपिलवस्तुले बुधवार कपिलवस्तु बन्दको् आब्हान गरेको छ । बन्दको कारण विद्यालय, यातायात सूचारु हुन सकेको छैन । प्रहरी प्रशासनले नेपाल भारत सिमा क्षेत्रमा सामान्य विषयलाई लिएर किसानलाई सास्ती दिएकोमा फोरम नेपालको आरोप छ । खेतमा उत्पादन गरेको तरकारी मोटरसाईकलमा लोड गरेर ल्याउदै गरेका कृषक, सर्वसाधरण जनता माथी प्रहरी प्रशासनले ज्यादती गरेको बिरोधमा आन्दोलन गर्नु परेको जिल्ला अध्यक्ष अब्दुल रसिद खाँ ले बताए । जिल्लाका विभिन्न क्षेत्रवाट कार्यकर्ताहरु चोक चोकमा जम्मा भई बन्द गराउँदै हिडेका छन् । किसानलाई दुःख दिएको भन्दै स्थानिय प्रहरी र प्रशासनको चर्को आलोचना समेत गरेका छन । किसानहरुको समस्या प्रति प्रहरी प्रशासन सकारात्मक नभए थप आन्दोलनका कार्यक्रम सार्बजनिक गर्ने फोरम नेपाल कपिलवस्तुले जनाएको छ ।

No comments:

Post a Comment