Wednesday, January 9, 2013

गोली हानी व्यवसायीवाट २० लाख लुटियो

Voice of Gulmi,
२५ पुस, महोत्तरी । महोत्तरीमा एक व्यवासायीलाई गोली हानी २० लाख रुपैयाँ लुटिएको छ । महोत्तरीको सर्पल्लो-७, मा मनी ट्रान्सफर सञ्चालन गर्दै आइरहेका राजदेव चौधरीमाथि अज्ञात समूहले बुधवार गोली प्रहार गरी उक्त रकम लुटेको हो । जनकपुरवाट रकमलिएर आउँदै गरेका समयमा बदिया बनचौरी-१, मा अज्ञात समूहले चौधरीको खुट्टामा गोली प्रहार गरी रकम लुटेर फरार भएका हुन् ।
लुटेराहरुले चौधरी सवार ज २ प ८६५२ नम्बरको मोटरसाइकल समेत लुटेर फरार भएका छन् । गोली लागि घाइते भएका चौधरीको जलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनावारे थप अनुसन्धान र लुटेराहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment