Voice of Gulmi,
२०
पुस, बागलुङ । शिक्षामन्त्री दिनानाथ शर्माले प्रधानमन्त्री
बन्न एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इ गुहार्दैमा कोही
प्रधानमन्त्री बन्न नसक्ने वताउनुभएको छ । शर्माले अन्य दलहरुको सहमति
नखोजी सिधै प्रचण्डलाई प्रधानमन्त्री वनाइदिन हारगुहार गरेर प्रधानमन्त्री
हुने सपना कोही कसैलाई नदेख्न आग्रह गर्नु भयो ।
क्रान्तिकारी पत्रकार सङ्घ बागलुङले
शुक्रवार आयोजना गरेको पत्रकार भेटघाटमा कार्यक्रममा एमाओवादीका नेता समेत
रहेका शर्माले प्याकेजमा सहमति नभएसम्म काँग्रेस सभापति सुशील कोइरालालाई
प्रधानमन्त्री बनाउन नसकिने वताउनुभयो । उहाँले भन्नुभयो,’सहमति नखोजी
अध्यक्ष प्रचण्डलाई प्रधानन्त्री वनाइदेउ भने केही हुनेवाला छैन ।
प्रधानमन्त्री वनाउने र हटाउने काम दलहरुको हो अध्यक्ष प्रचण्डको होइन । ‘
शिक्षामन्त्री शर्माले प्रतिपक्षी दलकै
कारण वर्तमान सरकारको आयू लम्बिएको वताउनुभयो । उहाँले संविधानसभाको
पुनःस्थापना गरेर संविधान जारी गरौँ वा मंसिरमै निर्वाचन गरौँ भन्दा नमानेर
विपक्षी दलहरुले अवरोध गरेपछि वर्तमान सरकारको आयु लम्बिएको स्पष्ट पार्नु
भयो । शर्माले पछिल्लो एक वर्ष माओवादीका लागि फाइदाको वर्ष भएको टिप्पणी
गर्नुभयो ।
शर्माले मुलुकलाई निकास दिन संविधानसभाको
पुनःस्थापनामार्फत विवादित विषयलाई टुङ्गाएर नयाँ सरकार गठन वा विगतको
संविधानसभाले टुङ्ग्याएका विषयहरुलाई संस्थागत गरेर नयाँ चुनावमा जानु
पर्नेमा जोड दिनुभयो ।
No comments:
Post a Comment