Voice of Gulmi,
काठमाडौँ, पुस २५ - सुदूरपश्चिममा आज दिउँसो भूकम्पको धक्का महसूस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले दिउँसो १ बजेर २९ मिनेटमा बाजुराको उत्तरी क्षेत्र केन्द्रबिन्दु रहेको ५.५ रेक्टरस्केलको भूकम्प गएको बताएको छ। बैतडी, बाजुरा, बझाङलगायतका जिल्लामा भूकम्पको धक्का महसूस गरिएको छ।
अमेरिकी भूगर्भ सर्भे (युएसजीएस) ले भने दैलेखबाट सय किलोमिटर उत्तरमा केन्द्रबिन्दु रहेको ५ रेक्टरस्केलको भूकम्पको धक्का महसूस गरिएको जनाएको छ। भूकम्पको केन्द्रबिन्दू जुम्लाबाट ६८ किलोमिटर टाढा रहेको युएसजीएसले आफ्नो वेबसाइटमा जनाएको छ।
भूकम्पबाट क्षति भए नभएको बारे खबर आइसकेको छैन।

No comments:
Post a Comment