Voice of Gulmi,गुल्मी
। जिल्ला प्रशासन कार्यालय गुल्मीले गत वर्षभन्दा यसवर्ष राजस्व उल्लेख
रूपमा संकलन गरेको छ । चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा १ करोडभन्दा
बढी राजस्व संकलन भएको प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले बताउनुभयो।
राहदानी
बनाउने बढेकोले त्यसबाट बढी राजस्व संकलन भएको नेपालले बताउनुभयो ।
साउनदेखि मंसिर महिनासम्म २ हजार २ सय ३५ जनाले राहदानी बनाएकोले १ करोड १३
लाख रुपियाँ राजस्व संकलन भएको प्रशासनले जनाएको छ।
त्यसै गरी नयाँ नागरिकता, प्रतिलिपी, संस्था दर्ता तथा नवीकरण, जरीवानालगायतबाट ५ लाख ८८ हजार ७ सय ९१ रुपियाँ राजस्व संकलन भएको छ। गत वर्ष १ वर्षको अवधिमा जम्मा ५ लाख ७९ हजार ७ सय ७९ रुपियाँ मात्र राजस्व संकलन भएको थियो। मादक पदार्थ सेवन गर्नेहरूलाई कारवाही अभियान तीव्र पारेको प्रशासनले ५ महिनाको अवधिमा ७६ जनालाई कारवाही गरी ७६ हजार रुपियाँ राजस्व संकलन गरेको छ । -नेपाल समाचारपत्र
राहदानी
बनाउने बढेकोले त्यसबाट बढी राजस्व संकलन भएको नेपालले बताउनुभयो ।
साउनदेखि मंसिर महिनासम्म २ हजार २ सय ३५ जनाले राहदानी बनाएकोले १ करोड १३
लाख रुपियाँ राजस्व संकलन भएको प्रशासनले जनाएको छ।त्यसै गरी नयाँ नागरिकता, प्रतिलिपी, संस्था दर्ता तथा नवीकरण, जरीवानालगायतबाट ५ लाख ८८ हजार ७ सय ९१ रुपियाँ राजस्व संकलन भएको छ। गत वर्ष १ वर्षको अवधिमा जम्मा ५ लाख ७९ हजार ७ सय ७९ रुपियाँ मात्र राजस्व संकलन भएको थियो। मादक पदार्थ सेवन गर्नेहरूलाई कारवाही अभियान तीव्र पारेको प्रशासनले ५ महिनाको अवधिमा ७६ जनालाई कारवाही गरी ७६ हजार रुपियाँ राजस्व संकलन गरेको छ । -नेपाल समाचारपत्र
No comments:
Post a Comment