Tuesday, January 8, 2013

चालकसहितै ट्याक्सीमा आगजनी

Voice of Gulmi, एक समूहले बसुन्धरामा सोमबार सडकमा रोकिराखेको चालकसहितको ट्याक्सीमा पेट्रोल छर्केर आगो लगाएको छ। ५-६ जनाको समूहमा रहेका उनीहरूले बा.१ज ४९९४ नम्बरको ट्याक्सीमा आगो लगाउँदा चालक पूर्णबहादुर श्रेष्ठ घाइते भएका छन्।

प्रहरीका अनुसार पुस २७ गते सरकारी बिदा माग्दै प्रदर्शन गरिरहेको समूहले एक्कासी ट्याक्सीमा आगो लगाएको हो। हात र मुख जलेका चालक श्रेष्ठको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ।
घटनामा राष्ट्रिय शिव सेना पार्टीको संलग्नता देखिएको प्रहरीले जनाएको छ। उनीहरूले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस कायम गर्नुपर्ने र सरकारी बिदा दिनु पर्ने माग गरेका थिए।
सोही समूहले धुम्बाराहीमा बा.१ज ७८३४ नम्बरको माइक्रोबस फुटाएको छ। सो क्रममा प्रहरीले आक्रमणमा संलग्न सञ्जीवकुमार बोहरालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार उनले आफूलाई पार्टीको केन्द्रीय सदस्य बताएका छन्। नागरिकबाट

No comments:

Post a Comment