Voice of Gulmi,
१८ पुस, काठमाडौं । प्रधानमन्त्री डा.
बाबुराम भट्टराईले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई निवासमै भेटेर
सहमतीय सरकार गठनमा तेस्रो विकल्पमा जान प्रस्ताव गर्नु भएको छ ।
बुधबार बिहान नेपाल निवास कोटेश्वर
पुग्नुभएका प्रधानमन्त्री भट्टराईले एमाओवादी र कांग्रेसले एक अर्कालाई
स्वीकार गर्ने अवस्था नरहेको भन्दै तेस्रो विकल्पमा गएर भए पनि मुलुकलाई
निकास दिनु पर्ने बताउनुभयो । ‘कांग्रेस र कोइरालाको नेतृत्व हामीले
स्वीकार गदैनौं । तपाईहरु मेरो नेतृत्वमा आउन मान्नु भएन’ प्रधानमन्त्रीको
भनाई उदृत गर्दै नेता नेपालले भन्नुभयो-’अब तेस्रो विकल्प जाउँ भनेर उहाँले
प्रस्ताव राख्नुभयो । तेस्रो विकल्पमा जाँदा साना दल र स्वतन्त्र
व्यक्तिको नेतृत्व स्वीकार्य रहने प्रधानमन्त्रीको भनाइ थियो ।
जवाफमा एमाले नेता नेपालले भने एमाओवादीकै
आग्रह अनुसार कांग्रेसले पार्टी सभापति सुशील कोइरालालाई उम्मेदवार बनाएको
भन्दै कोइरालाकै नेतृत्वमा सरकार गठन गर्नु पर्नेमा जोड दिनुभएको छ ।
नेपालले निर्वाचनको सुनिश्चिततासहित सहमतिमा आउन वा सहमतिका लागि स्वीकार्य
प्रस्ताव ल्याउन आग्रह गर्नुभएको छ ।
नेता नेपालले एमाओवादीका उपाध्यक्षसमेत
रहेका प्रधानमन्त्री भट्टराईलाई आगामी वैशाख-जेठमा चुनाव गर्न तयार भए
नभएको प्रश्न गर्नु भएको थियो । ‘मैले चुनाव जान तयार हो भनेर सोधे, उहाँले
हो भन्नुभयो’ नेता नेपालले भन्नुभयो-’वैशाख- जेठमा चुवान गर्न तयार हो
भनेर सोध्दा उहाँले त्यसकै लागि प्रस्ताव लिएर आएको बताउनुभयो ।’
एमाले नेतान नेपालसँग तमलोपाका अध्यक्ष
महन्थ ठाकुरले पनि भेट्नु भएको छ । नेपाल निवास कोटेश्वरमा भएको भेटमा
प्रधानमन्त्रीको प्रस्तावबारे छलफल भएको नेपालको निजी सचिवालयले जनाएको छ
No comments:
Post a Comment