Voice of Gulmi,
२९ पुस, दाङ । पत्रकार डेकेन्द्र थापाका
हत्या ओरोपीहरुलाई बचाउन खोजेर दण्डहिनता बढाउन प्रथम भएको भन्दै एमाले
निकट पत्रकारहरुको संस्था प्रेस चौतारी दाङले प्रधानमन्त्री डा. बाबुराम
भटराईलाई व्यङग्यात्मक ‘प्रंशसा-पत्र’ पठाएको छ । शैक्षिक करिअरमा सधै
प्रथम हुँदै आएका प्रधामन्त्री भट्टराई पछिल्लो समयमा पत्रकार डेकेन्द्रको
हत्यामा संलग्नलाई बचाउ गर्न खोजेर दण्डहिनता संरक्षणमा पनि प्रथम भएको
भन्दै चौतारीले आइतवार जिल्ला प्रशासन कार्यालय दाङमार्फत प्रधानमन्त्रीलाई
प्रंशसा पत्र पठाएको हो ।
प्रधानमन्त्री हुँदा देश बिकास र नागरिकका
समस्या सम्बोधन हुनेमा जनताका आशाका केन्द्र बनेका भटराईले स्वयं
हत्याराले कारबाहीको माग गर्दा पनि बचाउन खोजेको भन्दै प्रशंसापत्र पठाएको
बताएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालमार्फत
प्रधानमन्त्रीलाई यस्तो प्रशंसापत्र पठाएको हो । प्रेस चौतारी दाङका
अध्यक्ष दुर्गालाल केसीले प्रधानमन्त्री दण्डहीनताको संरक्षणकर्ताको रुपमा
उत्रिएका कारण यस्तो प्रसंसापत्र पठाउनुपरेको बताए ।
यसैवीच नेपाल प्रेस युनियनले पत्रकार
हत्याका अभियुक्तहरुलाई कारबाहीको माग गर्दै आइतवार देशभरका जिल्ला प्रशासन
कार्यालय अगाडि आधा घण्टा धर्ना दिएका छन् ।
No comments:
Post a Comment