Voice of Gulmi,
२२ पुस, काठमाण्डौं । पुर्व पश्चिम
राजमार्ग अन्तरगत नवलपरासीको डण्डामा गएराति भएको सवारी दुर्घटनामा एक
जनाको मृत्यु भएको छ । ३ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय
नवलपरासीका अनुसार २० वर्षका प्रेम गुरुङको मध्यविन्दु सामुदायिक अस्पताल
कावासोतिमा उपचारको क्रममा मृत्यु भएको हो । अन्य घाईतेहरुको सोही
अस्पतालमा उपचार गरिएको छ ।
मोटरसाईकलको पछाडी बसेका शिवमन्दिरका
कृष्ण गुरुङ, लु ११ प २८१९ नम्बरको मोटरर्साकलका चालक अग्यौली ५ का ४४
बर्षका प्रसाद गुरुङ, सुमन परियारको मध्यविन्दु अस्पताल कावासोतिमा उपचार
भईरहेको छ । पुर्वबाट पश्चिम तर्फ आउदैँ गरेको बा ९ च ४०३९ नम्बरको कार र
बा ३३ प १४४० तथा लु ११ प २८१९ नम्बरको मोटरसाईल एक आपसमा ठक्कर खादाँ चार
जना घाईते भएका हुन् ।
No comments:
Post a Comment